स‌ंसारमा भएका विचित्र घटनाहरु

राम्रो अनलाइन     २० फागुन २०७७, बिहिबार
स‌ंसारमा भएका विचित्र घटनाहरु

–अमेरिकामा तीन हजार मान्छेमध्ये एक जनालाई जीवनकालमा चट्याङ लाग्ने सम्भावना रहेको बताइन्छ। तर, वाल्टर समरफोर्ड नामक व्यक्तिलाई तीन चोटि चट्याङ लागेको थियो। त्यतिले नपुगेर मृत्यु भएको चार वर्षपछि उनको चिहानमा पनि चट्याङ परेको थियो। 

–दोस्रो विश्वयुद्धताका युजिन लाजोवस्की नामक डाक्टरले करिब आठ हजार यहुदीको ज्यान बचाएका थिए। यहुदी राष्ट्र पोल्यान्डलाई यहुदीका कट्टर दुश्मन एडोल्फ हिटलर शासक भएको जर्मनीले कब्जा गरेको थियो। त्यहाँका यहुदीलाई श्रम शिविरमा पठाइन्थ्यो, ग्यास च्याम्बरमा हत्या गरिन्थ्यो।

डा. लाजोवस्कीले अर्का चिकित्सक स्टानिसल मातुलेविक्सको सहयोगमा टाइफस नामक रोगको महामारी फैलिएको गलत सूचना फैलाएका थिए। टाइफसको महामारी फैलिएको सूचना पाएपछि नाजीहरूले १२ वटा गाउँका मान्छेलाई श्रम शिविर पठाएका थिएनन्।  

–सन् १९१८ मा एउटा सुगाले करिब दुई सय जना अमेरिकी सैनिकको ज्यान बचाएको थियो। पहिलो विश्वयुद्धको अन्त्यतिर अमेरिकाको ७७ औँ इन्फ्यान्ट्री डिभिजनका सैनिक फ्रान्समा फसेका थिए। जर्मन सेना अगाडि बढिरहेको थियो। ती अमेरिकी सैनिकसँग रसदपानी र गोलीगट्ठा एकदमै कम थिए। उनीहरूले संकटमा परेको खबर सुगामार्फत हेडक्वार्टरमा पठाउन खोजे। पत्र बोकेर उडेका दुइटा सुगा मारिए। अन्त्यमा उनीहरूले चेर एमी नामक तेस्रो सुगालाई पठाए। यसलाई पनि दुश्मनको गोली लाग्यो।

उसले एउटा आँखा गुमायो, एउटा खुट्टा पनि गुमायो। तर, जसोतसो २५ माइल उडेर घाइते एमीले उनीहरूको सन्देश हेडक्वार्टरमा पु¥यायो। त्यसपछि १ सय ९४ जना सैनिकको उद्धार गरियो। एमीलाई उसको बहादुरीका लागि तक्मा प्रदान गरिएको थियो। 

प्रतिक्रिया