रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन

राम्रो अनलाइन     २५ जेठ २०८३, सोमबार
रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन

खलङ्गा–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोख्रेल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले उनलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।

पार्टीका संस्थापक सभापतिसमेत रहनुभएका पोख्रेल स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आएका थिए। निर्वाचन समितिका अनुसार कूल  ३२४ मतदातामध्ये २०४ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये २०३ मत सदर र एक मत बदर भएको थियो ।

सभापतिमा पोख्रेल १५३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी वमबहादुर सुनारले ४४ मत प्राप्त गरे। उपसभापतिमा केशवबहादुर महतरा निर्वाचित भए। त्यस्तै सचिवमा यज्ञविर पाण्डे, सहसचिवमा ओमहरि भट्टराई विजयी भए। 

प्रतिक्रिया