रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

राम्रो अनलाइन     २५ जेठ २०८३, सोमबार
रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित

दैलेख–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् ।  हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ ।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९  मत प्राप्त गरे।

त्यसैगरी, उपसभापतिमा गणेश शाही, सचिव पदमा रमेश केसी निर्वाचित भए भने सहसचिवमा रामबहादुर शाही निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया