रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन

राम्रो अनलाइन     २५ जेठ २०८३, सोमबार
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन

जुम्ला–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापति पदमा मक्करबहादुर भण्डारी चयन भएका छन्।

प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगतबहादुर खत्रीले जानकारी दिए। 

यसैगरी, उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगतबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा चयन भएका छन् । समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएको रास्वपा जुम्लाका सचिव खत्रीले बताए। 

अधिवेशनले निर्वाचन क्षेत्रस्तरीय समिति पनि गठन गरेको छ । निर्वाचन क्षेत्र नंं १ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्रीलाई चयन गरिएको छ । 

यसैगरी निर्वाचन क्षेत्र नंं २ कोे उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएको रास्वपा जुम्लाले जनाएको छ । नवनिर्वाचित सभापति भण्डारीले सङ्गठनलाई थप सुदृढ बनाउन एकताबद्ध भई काम गर्ने जानकारी दिए। 

प्रतिक्रिया