व्यस्त जीवनशैलीका कारण आजभोलि धेरैले आफ्नो जीवनसाथीसँग पर्याप्त समय बिताउन पाउँदैनन्। समय अभाव कतिपय जोडीका बीच मनमुटावको कारणसमेत बन्ने गरेको छ। समय व्यवस्थापन गरी सुखमय दाम्पत्य जीवन बिताउन सकिन्छ:
- कामबाट समय निकालेर एकअर्कालाई भेट्ने समय तय गर्नुहोस्। भेट्ने वाचा पूरा गर्नुहोस्।
- कामकाजी जोडीले अफिस आउँदा–जाँदा सँगै जान सक्छन्। सँगै हुँदा दिनमा गर्ने कामको योजना वा दिनभरि गरिएको कामबारे कुराकानी गर्न सकिन्छ।
- बिदाका दिन घरका लागि आवश्यक सामानको किनमेल गर्न सँगै जान सकिन्छ।
- घरको काममा सहयोग गर्न सकिन्छ। मिलेर काम गर्दा काम पनि हुन्छ, एकापसमा कुराकानी गर्दै समय बित्छ।
- घरमा हुँदा मोबाइलमा, सामाजिक सञ्जालमा झुण्डिरहनुभन्दा जीवनसाथीसँग कुराकानी गर्नु उपयुक्त हुन्छ। भविष्यका योजनाबारे छलफल गर्न सकिन्छ।