उद्योगको लाइन काट्नु गलत : ओली

राम्रो अनलाइन     ०८ पुस २०८०, आइतबार
उद्योगको लाइन काट्नु गलत : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरूमा विद्युत् लाइन काटेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले उद्योगहरूको डेडिकेटेड लाइन काटेकोमा सरकारको बेथिति रहेको बताएका हुन् ।

‘डेडिकेटेड लाइन जोडेको छ विद्युत् दिएको छैन भने के को पैसा लिने ? उद्योगी व्यवसायी तड्पिइरहेका बेला लाइन काटिदिने ?’, अध्यक्ष ओलीले भने, ‘खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ तर सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’
 

प्रतिक्रिया