तनहुँमा बस दुर्घटना, ११ जना घाइते

राम्रो अनलाइन     २६ भदौ २०८१, बुधबार
तनहुँमा बस दुर्घटना, ११ जना घाइते

 

तनहुँ – तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस बुधबार आबुखैरेनीमा दुर्घटना भएको हो।

तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो। सो बसमा यात्रा गरिरहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा १५ जना रहेको बताइएको छ।

प्रतिक्रिया