तिलोत्तमामा माइक्रो दुर्घटना हुँदा आठ जना घाइते

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
तिलोत्तमामा माइक्रो दुर्घटना हुँदा आठ जना घाइते

 

सिद्धार्थनगर– असार २५  गते। रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ ।

बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ सङ्कर नगरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

बसमा सवार १६ जना मध्ये दुर्घटनामा ८ जना घाइते भएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम र अन्य सामान्य घाइते भएको बताइएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ ।

प्रतिक्रिया