ताजकिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी     ०१ फागुन २०७७, शनिबार
ताजकिस्तानमा शक्तिशाली भूकम्प

ताजकिस्तानमा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ । भारतको उत्तरी क्षेत्र र दिल्लीसम्म महसुस भएको ६.३ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु ताजकिस्तान रहेको थियो । भूकम्प पृथ्वीको सतहदेखि ७४ किलोमिटर टाढा रहेको थियो ।

भूकम्पको महसुस भएका भारतका क्षेत्रमा मानिसहरू हताहत भएको खबर आएपनि क्षतिको विवरण भने आइसकेको छैन । 

प्रतिक्रिया