स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय- क्यान्सर रोग निवारण रणनीति बनाउने

राम्रो अनलाइन     ३१ असार २०८१, सोमबार
स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय- क्यान्सर रोग निवारण रणनीति बनाउने

 

काठमाडाैं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोग निवारण रणनीति बनाउने निर्णय गरेका छन्।

साेमबार पदभार ग्रहण गरेसँगै मन्त्री पौडेलले याे पहिलो निर्णय गरेका हुन्।

उनले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउने निर्णय गरेका हुन्।

'क्यान्सर रोगीकाे उपचारका लागि निम्ति एकरूपता कायम गर्ने निर्णय गरेका छौँ,'उनले भने। स्वास्थ्यका समस्यालाई पहिचान गरी जनताले स्वास्थ्य सेवा सरल र सहज रूपमा पाउने गरी काम गर्ने पनि उनले बताए।

प्रतिक्रिया