सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै संसद्मा प्रतिपक्ष दलले जनाए विरोध

राम्रो अनलाइन     १० फागुन २०८०, बिहिबार
सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै संसद्मा प्रतिपक्ष दलले जनाए विरोध

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दाहरु सम्बोधन नगरे सदन अवरोध गर्ने चेतावनी दिएका छन् ।

बैठक आरम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद रघुजी पन्तलाई समय दिए ।

नेता पन्तले सरकारमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गरेर बयान लिइरहेका समयमा मन्त्री बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे । एमालेका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रश्न उठेपछि राजीनामा दिएको सन्दर्भ उठाउँदै यस्तो अहिले त्यस्तो नदेखिएमा त्यस्तो सैह्य नहुने चेतावनी दिए । 
रेर्नुभयो । उनले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष डा ल्याक्याल लामाले सरकारी जग्गा विवादितरुपमा भाडामा दिने निर्णय गरेकामा पनि प्रश्न उठाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटनाका दोषीलाई कारबाही नहुने भने यस्ता काम कायम रहेमा संसद् र सडकमा आन्दोलन हुने चेतावनी दिए । उनले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरु पुनःकाठमाडौँ आएर आन्दोलन गर्न बाध्य भएको पनि जानकारी गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले मुलुकमा अनियमितता, बेरुजु र दण्डहीनता बढेको उल्लेख गर्दै संसदीय व्यवस्थामाथि नै समीक्षा गर्नुपर्ने बताए ।
 

प्रतिक्रिया