सुरु भयो कोभिडविरुद्धको खोपको दोस्रो डोज, तपाइको पालो कहिले (सूचीसहित)

राम्रो अनलाइन     ०७ वैशाख २०७८, मङ्गलबार
सुरु भयो कोभिडविरुद्धको खोपको दोस्रो डोज, तपाइको पालो कहिले (सूचीसहित)

काठमाडौं । कोभिड १९ भाइरसविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन सुरु भएको छ । सरकारले आजबाट खोपको दोस्रो डोज लगाउन सुरु गरेको हो । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने जानकारी दिए । 

सरकारले २०७७ साल माघ १४ गतेदेखि कोभिडविरुद्धको खोप अभियान सुरु गरेको थियो । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो ।

स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने छ ।

ती अस्पताल र कहिले लगाउने सूची यस्तो छ  :

प्रतिक्रिया