सत्तारूढ गठबन्धनमा कुनै समस्या छैनः सञ्चारमन्त्री

राम्रो अनलाइन     १८ फागुन २०८०, शुक्रबार
सत्तारूढ गठबन्धनमा कुनै समस्या छैनः सञ्चारमन्त्री


काठमाडौँ–सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छिन् । सङ्घीय संसद् भवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट गरे।

आफ्नो पार्टीको स्थायी समिति बैठकमा राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको जानकारी दिँदै नेपाल सरकारको प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आफूहरुका कारण गठबन्धन नटुट्ने बताइन् । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेकाले अध्यक्षमा दाबी गर्नु स्वभाविक भएको बताइन्।

‘माओवादी राष्ट्रियसभामा ठूलो पार्टीका रुपमा आयो तर अहिलेसम्म आफ्नो पार्टीबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रियसभासम्म कहीँ पनि माओवादीको प्रतिनिधित्व छैन । प्रधानमन्त्री हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ । अहिले जति विषयहरु उठेका छन्, ती माओवादीले नै राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र त्यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो,’ उनले भनिन् । राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारी दिने विषयमा स्थायी समिति बैठकमा सहमति भएको र सोहीअनुसार पार्टीले दाबी गरेको उनले जानकारी दिइन् । 

प्रतिक्रिया