स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुईजना पक्राउ

राम्रो अनलाइन     २८ वैशाख २०८१, शुक्रबार
 स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुईजना पक्राउ


काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विक रेहका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।


 

प्रतिक्रिया