कास्कीमा जुवातास खेलिरहेका ११ जना पक्राउ

राम्रो अनलाइन     ०८ चैत २०८२, आइतबार
कास्कीमा जुवातास खेलिरहेका ११ जना पक्राउ

काठमाडौं– जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका–१७ बस्ने उषा शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द शेरचनलगायत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ४६ हजार ९६५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । 

प्रतिक्रिया