संसद् बैठकमा अनिवार्य रूपमा उपस्थित हुनुः कांग्रेस

राम्रो अनलाइन     ०३ जेठ २०८१, बिहिबार
संसद् बैठकमा अनिवार्य रूपमा उपस्थित हुनुः कांग्रेस


काठमाडौं–  नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई एसएमएस गरेको छ । 

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । सभामुख देवराज घिमिरेले सदन सहज ढङ्गले सुचारु गर्नका लागि दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्।

प्रतिक्रिया