काठमाडौँ– संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् ।
गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।
