काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन्। २४ मंसिरमा गौतमले दिएको राजीनामा आज राष्ट्रपतिबाट स्वीकृत भएको हो । कार्यकाल बाँकी रहे पनि घरयासी कारण देखाउँदै उनले राजीनामा दिएका थिए ।
गौतमले आफ्नो कार्यकाल सकिनु आठ महिना अगावै राजीनामा दिएका हुन् । उनी २०७७ वैशाखमा संसदको महासचिव पदमा नियुक्त भएका थिए ।