समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी : सभामुख घिमिरे

राम्रो अनलाइन     ०३ फागुन २०८०, बिहिबार
समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी : सभामुख घिमिरे

मोरङ– प्रतिनिधिसभाका सभामुख देवराज  घिमिरेले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरु योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । 

सभामुख मिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवं सम्पूर्ण नागरिकले एकताबद्ध हुनुपर्ने समेत आवश्यकता औँल्याए । उनले संसदको चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गरे । ‘सरकारले संसदको चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी आएको छ । त्यसैले संसदलाई बिजनेसको खाँचो हुने छैन ।’
 

प्रतिक्रिया