सभामुखद्वारा उँभौलीको शुभकामना

राम्रो अनलाइन     १० जेठ २०८१, बिहिबार
सभामुखद्वारा उँभौलीको शुभकामना


काठमाडौं– सभामुख देवराज घिमिरले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् । 

सभामुख घिमिरले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली  दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् । 

‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो’, सभामुख घिमिरेले सन्देशमा उल्लेख गरेका छन् ।  हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन् । उँभौली  विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ । 

प्रतिक्रिया