रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

 

रुकुम पूर्व–  रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।

प्रतिक्रिया