रौतहट– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा एक सय एक किलोको माला लगाइएको छ। एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।
एमाले रौतहट जिल्ला कमिटीको दसौं अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको एक नेताले जानकारी दिएका छन्।

