रास्वपाले इलाम–२ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने

राम्रो अनलाइन     २८ फागुन २०८०, सोमबार
रास्वपाले इलाम–२ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने

काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ । 

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ (१) मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा भएपनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको तयारी थालिसकेको छ । बैठकले उम्मेदवारबारे टुंगो लगाएको छैन । निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम–२ मा खटाएको छ ।


 

प्रतिक्रिया