राष्ट्रपतिद्वारा माघ २२ गते सदनको अधिवेशन आह्वान

राम्रो अनलाइन     १० माघ २०८०, बुधबार
राष्ट्रपतिद्वारा माघ २२ गते सदनको अधिवेशन आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । 

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 
 

प्रतिक्रिया