राष्ट्रपति भेट्न शितल निवास जाँदै प्रधानमन्त्री 

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
राष्ट्रपति भेट्न शितल निवास जाँदै प्रधानमन्त्री 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास जाने भएका छन्।

नयाँ समीकरणबाट संघीय सरकार बनाउने समझदारी बनेपछिको परिस्थितिलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री राष्ट्रपति निवास जान लागेका हुन् । बालुवाटारमा प्रधानमन्त्री दाहाल नयाँ गठबन्धनका शीर्ष नेताहरूसँग  छलफल गरेपछि शितल निवास जान लागेका हुन्।

आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन्। माओवादी, एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको छ।
 

प्रतिक्रिया