राष्ट्रियसभामा कांग्रेसको अवरोध कायमै

राम्रो अनलाइन     ०८ जेठ २०८१, मङ्गलबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध कायमै

 

काठमाडौँ–  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेका छन् ।

बैठक सुरू हुनासाथ आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको हुन् । 

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर) मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताए । ‘कांग्रेस आफ्नो अडानमा कायम छ । बचतकर्ताको रकम फिर्ता नभएसम्म यो अडान कायम रहन्छ’, उनले भने ।
 

प्रतिक्रिया