राष्ट्रियसभाकाे बैठक पनि सर्‍याे

राम्रो अनलाइन     ०६ जेठ २०८१, आइतबार
राष्ट्रियसभाकाे बैठक पनि सर्‍याे

 

काठमाडाैं– दिउँसाे सवा एकमा बस्ने भनिएकाे राष्ट्रियसभाकाे बैठक सरेकाे छ।

भर्खरै सम्पन्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिकाे बैठकले राष्ट्रियसभाकाे बैठक ३ : १५ सम्मका लागि सार्ने निर्णय गरेकाे हाे।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा संसद बैठक प्रभावित बनेका हुन्।

यसअघि बिहान ११ बजे बस्ने भनिएकाे प्रतिनिधिसभा बैठक पनि दिउँसाे २ बजेसम्मका लागि सारिएकाे छ।

संसदीय छानबिन समितिकाे कार्यदेश बनाउने विषय कार्यदलका सदस्यहरुबीच सिंहदरबारमा छलफल जारी छ।

कार्यदेश स्पष्ट नभएसम्म संसद बैठक चल्न नदिने अडानमा नेपाली काँग्रेस रहेकाे छ।

प्रतिक्रिया