राप्ती नदीमा बेपत्ता २ जनाको शव फेला

राम्रो अनलाइन     २३ असार २०८१, आइतबार
राप्ती नदीमा बेपत्ता २ जनाको शव फेला

 

दाङ – दाङमा राप्ती नदीले बगाउँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ।

शनिबार नदी तर्ने क्रममा बेपत्ता भएका लमही नगरपालिका-८ बग्रपुरका ६२ वर्षीय मनिराम चौधरी र राजपुर गाउँपालिका २ बेला बस्ने १९ वर्षीय राजकुमार यादव बेपत्ता भएका थिए। 

उनीहरूको शव आइतबार बिहान प्रहरीले फेला पारेको हो। दुवै शवलाई लमही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया