काठमाडौं– काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका तपस्वी रामबहादुर बमजनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सार्वजनिक गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वजनिक गरेको हो ।
मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार रुपैयाँ बरामद गरेको छ ।
बम्जनविरुद्ध अनुयायी बेपत्ता पारेको तथा बलात्कार गरेको अरोप छ । २०७५ पुष १२ गते ३४ वर्षीय सुरेशकुमार आले मगरलाई बेपत्ता पारेको भन्दै बारमा उजुरी परेको थियो । उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बालाई समेत बेपत्ता पारेको आरोप छ ।