रामबहादुर बम्जनको घरबाट ३ करोड बढी रकम बरामद

राम्रो अनलाइन     २५ पुस २०८०, बुधबार
रामबहादुर बम्जनको घरबाट ३ करोड बढी रकम बरामद

काठमाडौँ– ‘तपस्वी’ रामबहादुर बम्जनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

बुढानीलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मारेर प्रहरीले विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो । साथै २० ओटा मोबाइल, २ ओटा ल्यापटप, दर्जन बढी पेनड्राइभ लगायतका सामग्रीहरु बरामद गरेको छ । 

बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुढानीलकण्ठको हात्तिगौंडाबाट मंगलबार साँझ पक्राउ गरेको थियो । पक्राउ परेपछि बोम्जनले घरको दुई तलामाथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए ।

बम्जनविरुद्ध अनुयायी बेपत्ता पारेको तथा बलात्कार गरेको अरोप छ । २०७५ पुष १२ गते ३४ वर्षीय सुरेशकुमार आले मगरलाई बेपत्ता पारेको भन्दै बारमा उजुरी परेको थियो । उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बालाई समेत बेपत्ता पारेको आरोप छ । 
 

प्रतिक्रिया