राजेन्द्र महतोले छाडे लोसपा

राम्रो अनलाइन     १४ फागुन २०८०, सोमबार
राजेन्द्र महतोले छाडे लोसपा

काठमाडौँ–  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।

महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए । महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आएका थिए। अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।

प्रतिक्रिया