प्रतिनिधिसभा बैठक २ बजेका लागि सारियाे

राम्रो अनलाइन     ०४ जेठ २०८१, शुक्रबार
प्रतिनिधिसभा बैठक २ बजेका लागि सारियाे

 

काठमाडौँ– राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।

दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको छ भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । 

राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे निर्धारण गरिएको छ । 

प्रतिक्रिया