प्रधानमन्त्री र सभमुखबीच भेटवार्ता

राम्रो अनलाइन     ०२ जेठ २०८१, बुधबार
प्रधानमन्त्री र सभमुखबीच  भेटवार्ता


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे भेटवार्ता भएको हो ।

भेटमा संसदलाई प्रभावकारी बनाउने तथा संसद अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत भएपछि काँग्रेसले संसद अवरुद्ध गरेको थियो। जसकारण राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्तावसमेत पारित हुन पाएको थिएन् ।

प्रतिक्रिया