रोल्पा– रोल्पा अस्पतालमा रेउघामा यही असार ७ गतेदेखि सञ्चालन भइरहेको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया (अप्रेसन) शिविरमा रोल्पा, रुकुम पूर्व र प्युठानका गरी करिब १ सय १७ जना महिलाको पाठेघरको अप्रेसन गरिएको छ ।
२९ देखि ८० वर्षीया महिलाहरूको पाठेघरको अप्रेसन गरिएको र शिविर आजसम्मका लागि तोकिए पनि उपचारमा आउने महिलाहरूको सङ्ख्या बढी भएकोले असार १४ गतेसम्म थपिएको रोल्पा अस्पतालकी मेसु लोकरत्ना ज्ञवालीले बताए।
लुम्बिनी प्रदेश सरकारको आयोजना, रोल्पा अस्पतालको व्यवस्थापन र कोहलपुर बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।