नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

राम्रो अनलाइन     ११ माघ २०७७, आइतबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । आइतबार ७ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म मृतक संख्या २ हजार १ पुगेको हो ।

सन् २०१९ को अन्तिमदेखि फैलिन सुरु भएको महामारीबाट हालसम्म २ लाख ६९ हजार ४५० पुगेको छ । गत २४ घण्टामा २७० संक्रमित थपिएका छन् ।

यसैगरी गत २४ घण्टामा ४०३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया