नेपालका लागि भारतले पठायो कोरोना खोप, टेकुमा भण्डारण गरिने

राम्रो अनलाइन     ०८ माघ २०७७, बिहिबार

नेपालका लागि भारतले अनुदानमा दिने खोप पठाएको छ । बिहीबार बिहान एयर इन्डिया मार्फत पहिलो चरणको खोप पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । 

खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्ने बताइएको छ । 

हस्तान्तरण भएको खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने छ ।

भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने बताएको छ ।
 

प्रतिक्रिया