नेकपा स्थापनाको हीरक महोत्वसको अध्यक्ष ओलीद्वारा उद्घाटन

राम्रो अनलाइन     १० वैशाख २०८१, सोमबार
नेकपा स्थापनाको हीरक महोत्वसको अध्यक्ष ओलीद्वारा उद्घाटन


काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ । ललितपुरको गोदावरीमा जारी हीरक महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरे। 

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, डा बाबुराम भट्टराई उपस्थित छन्।

महोत्सवमा अहिले नेकपा स्थापनादेखि अहिलेसम्मको पार्टीको घटनाक्रम, ऐतिहासिक पृष्ठभूमि जोडिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया