काठमाडौं–मिस तथा मिसेस इन्डिपेन्डेन्ट इन्टरनेशनल नेपालका प्रतिनिधिहरूले थाइल्याण्डको बैंककमा सम्पन्न प्रतिष्ठित Independent International 2026 प्रतियोगितामा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै महत्वपूर्ण सफलता हासिल गरेका छन्।
यस प्रतियोगितामा मिसेस इन्डिपेन्डेन्ट इन्टरनेशनल नेपालकी मोनिका नापित ले प्रथम रनर-अप (First Runner-Up) को उपाधि प्राप्त गर्न सफल भएकी छन्। साथै उनले Best Evening Gown को विशेष अवार्ड समेत जितेकी छन्, जसले नेपालको प्रस्तुति र प्रतिभालाई अझ गौरवपूर्ण बनाएको छ।
उक्त इभनिङ गाउन विशेष रूपमा नेपालकी अन्तर्राष्ट्रिय पेजेन्ट डिजाइनर सोनम सुब्बा लिम्बु द्वारा डिजाइन गरिएको थियो। उनको सिर्जनात्मकता र डिजाइन क्षमताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई अझ मजबुत बनाएको छ।
यस प्रतियोगितामा दोस्रो रनर-अप (Second Runner-Up) जापानकी प्रतिनिधि बनेकी छिन् भने विजेता (Winner) फिलिपिन्सकी प्रतिनिधि बनेकी छिन्।
त्यसैगरी, मिस इन्डिपेन्डेन्ट इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक मिस पूजा पाख्रिनले यस अन्तर्राष्ट्रिय प्रतियोगितामा Best National Director Award प्राप्त गर्न सफल भएकी छन्। उनको नेतृत्व, समर्पण तथा व्यवस्थापकीय क्षमताले नेपाली टिमलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरेको हो।
नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी भएका प्रतियोगीहरूले सौन्दर्य, आत्मविश्वास र नेपाली महिलाको सशक्तिकरणको सन्देशलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली रूपमा प्रस्तुत गरेका छन्।
यस सफलतासँगै Independent International Nepal ले नेपालको पेजेन्ट इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपेको छ, जसले नेपाली प्रतिभा र नेतृत्व क्षमतालाई विश्वसामु स्थापित गरेको छ।
Best इभनिङ गाउन विशेष रूपमा नेपालकी अन्तर्राष्ट्रिय पेजेन्ट डिजाइनर सोनम सुब्बा लिम्बु द्वारा डिजाइन गरिएको थियो। उनको सिर्जनात्मकता र डिजाइन क्षमताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई अझ मजबुत बनाएको छ।