मिस तथा मिसेस इन्डिपेन्डेन्ट इन्टरनेशनल विजेता नेपालको प्रतिनिधित्व गर्दै थाइल्याण्ड प्रस्थान

राम्रो अनलाइन     ०८ वैशाख २०८३, मङ्गलबार
मिस तथा मिसेस इन्डिपेन्डेन्ट इन्टरनेशनल विजेता नेपालको प्रतिनिधित्व गर्दै थाइल्याण्ड प्रस्थान

काठमाडौं– मिस इन्डिपेन्डेन्ट इन्टरनेशनल नेपाल तथा मिसेस इन्डिपेन्डेन्ट इन्टरनेशनल नेपालका विजेताहरूले प्रतिष्ठित इन्डिपेन्डेन्ट इन्टरनेशनल, २०२६ मा नेपालको प्रतिनिधित्व गर्न थाइल्याण्डको बैंकक तर्फ औपचारिक रूपमा प्रस्थान गरेका छन्।

मिस विधा अन्तर्गत मिस सुजाता खड्काले नेपालको प्रतिनिधित्व गर्नेछिन् भने मिसेस मोनिका नापितले मिसेस विधा अन्तर्गत नेपालको पहिचान, आत्मविश्वास तथा नेपाली महिलाको सशक्तिकरणको सन्देशलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछिन्।

नेपालमा आयोजित राष्ट्रिय प्रतियोगिता Empower Events Company द्वारा सफलतापूर्वक सम्पन्न गरिएको थियो। उक्त कार्यक्रमले Independent International Nepal को दोस्रो अन्तर्राष्ट्रिय सिजनको महत्वपूर्ण सुरुवात गरेको हो, जसको पहिलो सिजन नेपालमै सफलतापूर्वक सम्पन्न भएको थियो।

यस प्लेटफर्मले महिलाहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यक्तिगत अभिव्यक्ति विकास गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दै आएको छ।

प्रतियोगीहरूको यो अन्तर्राष्ट्रिय सहभागिता मिस पूजा पाख्रिनको नेतृत्वमा भइरहेको छ, जो Independent International Nepal की National Director हुनुका साथै Empower Events Company की CEO समेत हुनुहुन्छ। मिस पाख्रिनले यसअघि सन् २०२४ मा Miss Tourism Queen International Nepal का रूपमा पनि बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो, जसले उहाँको अन्तर्राष्ट्रिय अनुभवलाई अझ सशक्त बनाएको छ।

साथै, यस कार्यक्रम तथा Independent International प्रतियोगिताका Executive Director श्रीजल विक्रम शाहीले पनि यस अन्तर्राष्ट्रिय यात्रालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

“यो यात्रा केवल अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्र नभई नेपाली महिलाको शक्ति, गरिमा र पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने अवसर पनि हो। थाइल्याण्डमा हाम्रो देशको नामलाई सम्मानका साथ प्रतिनिधित्व गर्न जाने हाम्रा प्रतिनिधिहरूप्रति हामी अत्यन्त गर्व गर्दछौं,” मिस पूजा पाख्रिनले भन्नुभयो।

पूजा पाख्रिन


नेपालभरिका समर्थक, आयोजक तथा शुभेच्छुकहरूले दुवै प्रतिनिधिलाई बैंकक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मिस सुजाता खड्का तथा मिसेस मोनिका नापित ले प्रतियोगिताभर नेपालको नामलाई गर्व, सौन्दर्य र समर्पणका साथ उजागर गर्ने अपेक्षा गरिएको छ।

Executive Director श्रीजल विक्रम शाही

प्रतिक्रिया