मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

राम्रो अनलाइन     २६ असार २०८१, बुधबार
मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

 

रोल्पा–  रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ स्यालामा तरकारी लिनका लागि गएको रा १ ख २१३१ नम्बर मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका– ६ निगालपानी निवासी अन्दाजी ३२र३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए ।

रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ ।

मिनीट्रक सडकदेखि ५०६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए ।

दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया