काठमाडौं – नेपाल प्रिमियर लिग ( एनपिएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्ससामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रनको योगफल तयार पार्यो ।
कर्णालीका लागि विल बसिस्टोले ४४, अर्जुन घर्तीले २५, बाबर हायतले २० र चाडविक वाल्टनले १३ रन बनाए ।
पाँचौं विकेटका लागि बसिस्टो र अर्जुनले ७२ रनको साझेदारी गरे । लुम्बिनीका लागि विकाश आग्रीले तीन, तिलकराज भण्डारीले दुई तथा रामोन सिमोन्ड्स, साद बिन जफर, कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।