कपडामा लेपन गरेर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ

राम्रो अनलाइन     ३१ वैशाख २०८१, सोमबार
कपडामा लेपन गरेर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुन बरामद गरेको छ । दुबईबाट आएको भारतीय नागरिकको साथबाट अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन बरामद भएको हो ।

कपडासहितको तौल ५ किलो रहेको विमास्थल प्रहरीका एक अधिकारीले जानकारी दिए । सुन पगाल्दा करिब एक किलो पुग्ने अनुमान प्रहरीको छ ।

भारतीय नागरिक आइतबार साँझ फ्लाई दुबईबाट काठमाडौँ अएका थिए । भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया