कोशीमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय?

राम्रो अनलाइन     ०४ जेठ २०८१, शुक्रबार
कोशीमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय?

 

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेका छन्।

मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

जसअनुसार एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक योजना, नारायण बुर्जामगरलाई पर्यटन  र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया