कोशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा

राम्रो अनलाइन     २६ चैत २०८०, सोमबार
कोशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा


विराटनगर– कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन्।खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिए।

यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचौँ अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ।

प्रतिक्रिया