के सिक्न चाहन्छन् बलिउड सेलिब्रिटी ?

एजेन्सी     २९ माघ २०७७, बिहिबार
के सिक्न चाहन्छन्  बलिउड सेलिब्रिटी ?

अनुष्का शर्मा

अभिनेत्री अनुष्का शर्मालाई मूर्तिकलाको सोख छ। उनी मूर्ति बनाउन रुचाउँछिन्। उनलाई माटाका भाँडा बनाउन पनि मन पर्छ। उनी यही कला सिक्न चाहन्छिन्। अनुष्का पछिल्लो पटक फिल्म ‘जिरो’ मा देखिएकी थिइन्। फिल्ममा उनीसँग अभिनेता शाहरुख खान अभिनीत फिल्ममा अभिनेत्री कट्रिना कैफ पनि छिन्। 


यामी गौतम

अभिनेत्री यामी गौतम फिटनेस कन्सस छिन्। उनी फिट हुन केही न केही नयाँ सिक्ने प्रयास गरिरहन्छिन्। गत वर्ष उनले पोल डान्सिङ सिकेकी थिइन्। यस वर्ष पनि नृत्यको कुनै नयाँ विधा सिक्ने उनले बताएकी छिन्। यामीले सन् २०१२ मा फिल्म ‘विकी डोनर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले ‘एक्सन ज्याक्सन’, ‘काबिल’, ‘बदलापुर’ लगायत फिल्ममा काम गरेकी छिन्।


विक्की कौशल

उम्दा अभिनय गरेर चर्चाको चुलीमा पुगेका अभिनेता विक्की कौशल संगीतमा पनि रुचि राख्छन्। उनी ड्रम र पियानो बजाउन सिक्न चाहन्छन्। यी दुवै वाद्य सामग्री आफूलाई मन पर्ने उनले भारतीय मिडियालाई बताएका छन्। फिल्म ‘मसान’ बाट बलिउडमा डेब्यू गरेका विक्कीले ‘रमन राघव’, ‘राजी’, ‘संजु’ लगायत फिल्ममा काम गरेका छन्। उनको पछिल्लो फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ सुपरहिट भएको छ।


नीना गुप्ता

लामो समयपछि फिल्म ‘बधाई हो’मा देखिएकी अभिनेत्री नीना गुप्ताले करिअरको सुरुवातमा कत्थक नृत्य सिकेकी थिइन्। उनी नृत्य र संगीत औधी रुचाउँछिन्। दुई वर्षयता उनी संगीत सिकिरहेकी छिन्। यसपछि उनी साल्सा डान्स सिक्न चाहन्छिन्।

प्रतिक्रिया