फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’ प्रवद्र्धनको लागि अष्ट्रेलियामा छन् । त्यहाँ आयोजित शोमा उनीहरु सहभागि छन् । यो जोडीले सिड्नीमा घुमघाम र रमाइलो गरिरहेको पनि देख्न सकिन्छ ।

खासगरि, सिड्नीको समुन्द्री तटमा स्वस्तिमा रमाइरहेकी छिन् । इन्स्टाग्रामबाट उनले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन् । जहाँ उनलाई बिकिनी अवतारमा देख्न सकिन्छ । बिकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा उनी हट देखिएकी छन् ।

अष्ट्रेलियामा अहिले उखरमाउलो गर्मी छ । गर्मी छल्न अष्ट्रेलियाली समुन्द्री तटमा रमाइरहेका छन् । तर, यता नेपालमा भने चिसो बढेको बढ्यै छ । नेपालमा ‘दिमाग खराब’को सफलतापछि निश्चल बस्नेत दम्पती अष्ट्रेलियामा रमाइरहेका छन् ।
_1702536052.jpg)
