कांग्रेसले उठायो गृहमन्त्री लामिछाने माथि प्रश्न 

राम्रो अनलाइन     ३० फागुन २०८०, बुधबार
कांग्रेसले उठायो गृहमन्त्री लामिछाने माथि प्रश्न 

 

काठमाडौं – नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङलाई बोल्ने समय दिएका थिए । बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।

उनले भनिन्, ‘उहाँले (प्रधानमन्त्री प्रचण्ड) ले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ ।’


 

प्रतिक्रिया