‘जनतासँग सरोकार रहने प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्ने’ : महासचिव शङ्कर पोखरेल

राम्रो अनलाइन     १५ माघ २०८०, सोमबार
‘जनतासँग सरोकार रहने प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्ने’ : महासचिव शङ्कर पोखरेल


काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको ‘उपभोक्ता हित र सुशासन’बारे सांसदसँग गरेको अन्तरक्रिया उहाँले पार्टी, देश र जनताको हितसँग सम्बन्धित विषयमा जनतालाई पनि जोड्नुपर्ने आवश्यकता औँल्याए। 

उनले सांसदलाई उपभोक्ता हितसँग सम्बन्धित धेरै विषय रहेका र ती विषय सदनमा पनि उठाउनु आवश्यक रहेको भन्दै सदनमा मुद्दा उठाउँदा विषय केन्द्रित भएर व्यवस्थित प्रस्तुतिको योजना बनाउन आग्रह गरे। 

कार्यक्रममा उपभोक्ता हित तथा सुशासनसम्बन्धी जानकार ज्योति बानियाँ र विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ताहरू हरेक क्षेत्रमा मर्कामा परिरहेको बताए ।

कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधिसभामा प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, संसद्को दुवै सदनअन्तर्गतका विभिन्न समितिमा रहनुभएका सांसदको सहभागिता थियो । 

विभाग प्रमुख जितु गौतमले उपभोक्ता हित तथा सुशासनका विभिन्न क्षेत्र छुट्याई विभागका सदस्यलाई कार्य विभाजन गरिएको जानकारी गराउँदै सांसदलाई आवश्यक पर्ने सहयोग विभाग र विभागका सदस्यबाट प्राप्त हुने व्यवस्था गरिएको बताए।

प्रतिक्रिया