काठमाडौँ–नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाली कांग्रेस निकट पूर्वकर्मचारी समाज नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपालको लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको छ भने । उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र भने स्थायी हुने र जनतासँग निरन्तर जोडिने गरेको उल्लेख गरे । उनले भने, ‘नेपाली जनताको उन्नति, प्रगति कांग्रेसको चाहना हो । म पार्टीलाई बलियो बनाउने काममा एकजुट भएर लाग्न आग्रह गर्दछु ।’