किराँत राई यायोक्खा पथरी शनिश्चे नगर कमिटीले आयोजना गरेको उधौली पर्वमा जातीय पोशाकमा सजिएका किशोरीहरु ।
लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङचुम्लुङ ताप्लेजुङले आयोजना गरेको सामूहिक चासोक तङनाम (उधौली पर्व) मनाउन मौलिक पोशाकमा सजिएका महिला ।
लेटाङ नगर याक्थुङ चुम्लुङ लेटाङ, मोरङले आयोजनामा गरेको चासोक तङनाम पर्वको शुभकामना आदान प्रदानका क्रममा जातीय पोशाकमा सजिएका लिम्बु युवा । लेटाङ नगर याक्थुङ चुम्लुङले लिम्बु जातिको महान पर्व चासोक तङनाम (न्वागी पूजा) को आयोजना गरी एकापसमा शुभकामना आदन प्रदान गरी मनाउँछन् ।